शुक्रबार, ६ मंसिर, २०८२

संक्रमणकालीन न्यायसम्बन्धी विधेयक माथि छलफलका लागि संसदीय उपसमिति गठन।

राष्ट्रिय सन्‍देश संबाददाता, शुक्रबार, ५ जेष्ठ, २०८०

संक्रमणकालीन न्यायसम्बन्धी विधेयक माथि छलफलका लागि संसदीय उपसमिति गठन।

काठमाडौँ। संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकमाथि छलफल गर्न कानुन, न्याय तथा मानव अधिकार समितिले ११ सदस्यीय उपसमिति गठन गरेको छ ।

शुक्रबार बसेको बैठकले ११ सदस्यीय उपसमिति बनाएको हो, जसमा कांग्रेस र एमालेका दुई–दुई जना छन् भने अरु ८ दलका एकएक जना छन् ।

त्यस उपसमितिमा सुवासचन्द्र नेम्वाङ,महेशकुमार बर्तौला, रमेश लेखक, जीवन परियार र सुशीला थिङ, सन्तोष परियार, गोमा लाभ सापकोटा, पूर्णबहादुर घर्ती, रञ्जुकुमारी झा, ध्रुवबहादुर प्रधान, शेरबहादुर कुँवर रहेका छन्   ।

उपसमितिले बेपत्ता पारिएका व्यक्तिको छानबिन सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयकका सम्बन्धमा संशोधन कर्ता तथा सरोकारवालाहरुसँग छलफल गरी दफावार छलफल समेत गरेर उपसमितिले  तीन साताभित्र समितिसमक्ष प्रतिवेदन पेस गर्नुपर्नेछ ।

यस अघि शिर्ष नेताहरुमा  संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकका लागि  उपसमिति गठन गरेर अगाडी बढ्ने निर्णय भएको थियो। 

advertisement_1676551694.gif