राष्ट्रिय सन्देश संबाददाता, शनिबार, ३२ श्रावण, २०८२
२०८२ साउन ३१, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई काठमाडौं ल्याइएको छ । विमानस्थलमा बाक्लो सुरक्षा घेराउकाबीच उनलाई प्रहरीको भ्यानमा राखेर सोझै नख्खु कारागार लगिएको हो ।
शनिबार रुपन्देही जिल्ला कारागारबाट उनलाई नख्खुमा स्थानान्तरण गर्न बुद्ध एयरको विमानबाट काठमाडौं ल्याइएको हो । सहकारी ठगी प्रकरणमा पूर्पक्षका लागि थुनामा रहेका उनलाई शनिबार ललितपुरस्थित नख्खु कारागारमा सारिएको छ । रूपन्देही कारागार कार्यालयमा रहेका लामिछानेलाई शनिबार नख्खु कारागार सारिएको हो ।
लामिछानेलाई काठमाडौं ल्याउनका लागि दिउँसो ३ बजेको बुद्ध एयरको उडानबाट काठमाडौं ल्याइने भनिए पनि मौसमका कारण ढिलाइ भएको थियो । लामिछाने चैत २५ देखि उच्च अदालत तुलसीपुर बुटवल इजलासको आदेशमा रुपन्देही कारागारमा रहेका थिए ।
रुपन्देही कारागार भैरहवाबाट ललितपुरको नख्खु कारागार ल्याइने भएपछि नख्खु कारागार परिसरमा लामिछानेका कारागार परिसर क्षेत्रमा रविका शुभेच्छुक, स्थानीयबासी र सुरक्षाकर्मीहरुको समर्थकहरूको बाक्लो उपस्थिति रहेको थियो।