राष्ट्रिय सन्देश संबाददाता, शुक्रबार, ३१ श्रावण, २०८२
२०८२ साउन ३०, काठमाडौं । सहकारी ठगीको आरोपमा रुपन्देही कारागारमा रहेका रास्वपा सभापति रवि लामिछानेलाई नक्खु कारागार सरुवा गरिने भएको छ ।
पुर्पक्षका लागि रुपन्देही जिल्ला कारागारमा रहेका लामिछानेले कारागार सरुवाका लागि निवेदन दिएका थिए । उनले निवेदन दिएपनि यसअघि सरुवाको निर्णय भने भएको थिएन ।
कारागार विभागले आज निर्णय गरेर रुपन्देही कारागारलाई पत्राचार गरेको छ । गृहमन्त्रालयको निर्देशन पछि विभागले उक्त निर्णय गरेको हो ।
नक्खु ल्याउनका लागि निर्णय गरेर पठाएका छौं,’ शर्माले भने । शर्माका अनुसार लामिछानेले मन्जुरीनामा नै नक्खु कारागार भनेर मागेको र सोही अनुसार निर्णय भएको हो ।गृहमन्त्री रमेश लेखकले पनि गत बिहीबार प्रतिनिधिसभा अन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार आयोगको बैठकमा रविको कारागार सरुवाको काम भइरहेको बताएका थिए ।
महानिर्देशक शर्माका अनुसार, अब रुपन्देही कारागार, त्यहाँको सीडीओ कार्यालय र प्रशासनले काम कारबाही अघि बढाएर उनको कारागार सरुवा हुनेछ ।