शुक्रबार, ६ मंसिर, २०८२

रवि लामिछानेलाई आज अपरान्ह बुद्ध एयरको जहाजबाट काठमाडौं ल्याइँदै

राष्ट्रिय सन्‍देश संबाददाता, शनिबार, ३२ श्रावण, २०८२

रवि लामिछानेलाई आज अपरान्ह बुद्ध एयरको जहाजबाट काठमाडौं ल्याइँदै

२०८२ साउन ३१, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेलाई रुपन्देही कारागारबाट सरुवा गरेर शनिबार अपरान्ह काठमाडौं ल्याइँदै छ । सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेलाई आज नख्खु कारागारमा सरुवा गरेर ल्याउन लागिएको हो ।

लामिछानेले दिएको निवेदनको आधारमा हिजो कारागार विभाले सरुवा गर्ने निर्णय गरेको थियो । भैरहवाबाट लामिछानेलाई दिउँसो ३ः१० बजे बुद्ध एयरको जहाजबाट काठमाडौं ल्याउन लागिएको जनाइएको छ ।

गृहमन्त्रालयले लामिछानेलाई नख्खु कारागार सरुवा गर्न निर्देशन पछि विभागले कारागार विभागले शुक्रबार निर्णय गरेर रुपन्देही कारागारलाई पत्राचार गरेको थियो ।

आज दिउसो ३.१० को बुद्ध एअरको फ्लाइटमा लामिछानेलाई काठमाडौं ल्याउन लागिएको बताइएको छ।

advertisement_1676551537.gif