शुक्रबार, ६ मंसिर, २०८२

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा पाटनस्थित कृष्ण मन्दिरमा पूजाआरधना (तस्बिरहरु)

राष्ट्रिय सन्‍देश संबाददाता, शनिबार, ३२ श्रावण, २०८२

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा पाटनस्थित कृष्ण मन्दिरमा पूजाआरधना (तस्बिरहरु)

२०८२ साउन ३१, ललितपुर । राष्ट्रपति रामचन्द्र पौडेलले कृष्ण मन्दिरमा भगवान् श्रीकृष्णको पूजा आराधना गरेका छन् ।

श्रीकृष्ण जन्माष्टमीको अवसरमा पूजा आराधनाका लागि राष्ट्रपति पौडेल प्रथम महिला सविता पौडेलसहित पाटनस्थित कृष्ण मन्दिर पुगेका थिए । राष्ट्रप्रमुखको हैसियतमा कृष्ण जन्माष्टमीमा ललितपुरको कृष्ण मन्दिरमा पुगेर पूजा गर्ने चलन रहेको छ ।

राष्ट्रपतिलाई मन्दिर परिसरमा ललितपुरबाट निर्वाचित संघीय संसद्का सदस्य, बागमती प्रदेशका कृषिमन्त्री मधुसूदन पौडेल, वाग्मती प्रदेशसभा सदस्य, ललितपुर महानगरपालिकाका प्रमुख चिरीबावु महर्जन, ललितपुरका प्रमुख जिल्ला अधिकारी रमेशप्रसाद ढकाल, महानगर उपप्रमुख मञ्जली शाक्य बज्राचार्य, सहायक प्रमुख जिल्ला अधिकारी गीता घिमिरे, महानगरका प्रमुख प्रशासकीय अधिकृत रेखादास श्रेष्ठलगायत नगरवासीले स्वागत गरेका थिए ।

किंवदन्ती अनुसार महादेव मन्दिर बनाउन राखिएको जग्गामा सपनामा भगवान श्रीकृष्णले मन्दिर बनाउन भनेपछि राजा सिद्धिनरसिंहले खन्न लगाउँदा जमिनमुनि कृष्णको मन्दिर फेला परेपछि तल कृष्ण र माथि शिव मन्दिर स्थापना गरिएको हो ।

advertisement_1676551694.gif