शुक्रबार, ६ मंसिर, २०८२

राष्ट्रपति पौडेल आज स्वदेश फर्कँदै

राष्ट्रिय सन्‍देश संबाददाता, बिहीबार, २१ कार्तिक, २०८२

राष्ट्रपति पौडेल आज स्वदेश फर्कँदै

२०८२ कार्तिक २०, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल कतारको राजधानी दोहामा आयोजित ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’ मा सहभागी भएर आज अपराह्न स्वदेश फर्कदै छन् ।

सम्मेलनमा सहभागी हुन राष्ट्रपति पौडेल कात्तिक १७ गते कतारको राजधानी दोहा प्रस्‍थान गरेका थिए ।

राष्ट्रपति पौडेलले उक्त सम्मेलनको मुख्य सत्रलाई गत मङ्गलबार सम्बोधन गरेका थिए ।

सम्मेलनका क्रममा आयोजित सामाजिक विकासका तीन स्तम्भको सुदृढीकरण : गरिबी निवारण, पूर्ण र उत्पादनशील रोजगारी एवं सबैका लागि मर्यादित काम र सामाजिक समावेशीकरण विषयक उच्चस्तरीय गोलमेच सम्मेलनलाई पनि सम्बोधन गरेका थिए ।

advertisement_1676998982.gif