शुक्रबार, ६ मंसिर, २०८२

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदले दुई करोड रुपैयाँ मागेको अडियो सार्वजनिक।

राष्ट्रिय सन्‍देश संबाददाता, आईतवार, २६ चैत्र, २०७९

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदले   दुई करोड रुपैयाँ मागेको अडियो सार्वजनिक।

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाकाकुमार श्रेष्ठले चिकित्सक दुर्गा प्रसाईंसँग दुई करोड रुपैयाँ मागेको अडियो सार्वजनिक भएको छ । एक मिडिया मा सार्वजनिक अडियो सम्बादमा  सांसद श्रेष्ठले प्रचण्डको सरकारमा आफ्नो पार्टीले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय दाबी गर्दै आएकाले स्वास्थ्यमन्त्री बन्न पार्टीलाई साढे दुई करोड रुपैयाँ दिनुपर्ने बताएका छन् ।

सांसद ढाकाकुमार श्रेष्ठले आफू मन्त्री बन्नुपरेको भन्दै  स्वास्थ्य क्षेत्रलाई सफा गर्ने योजना बनाएको बताए । उनले रविलाई सपोर्ट गर्दै आएको कोर टिमले पैसा मागेको र देशबाहिर रहेका रविका साथीहरुले पार्टीलाई दिने बताएका छन् । व्यवसायी प्रसाईले २ करोड सहयोग गर्ने प्रस्ताव गरे पनि केही समय लाग्ने बताए । प्रसाईंले तोसिमा कार्कीले पदका लागि लड़छिंन कि भनेर प्रश्न गरेको सुनिन्छ। , जसमा सांसद ढककुमारले रवि लामिछानेलाई मन्त्री चयनको जिम्मेवारी दिएकाले समस्या नहुने प्रतिक्रिया दिए । कुराकानीका क्रममा स्वास्थ्यमन्त्री बन्ने आकांक्षी डा ढाकाकुमारकुमारसँगै राप्रपाबाट चन्द कार्की र डा तोसिमा कार्की पनि थिए ।

गत माघ १६ गते भएको मन्त्रिपरिषद् विस्तारमा तोसिमा कार्की स्वास्थ्य राज्यमन्त्री भएसँगै अन्ततः एमालेलाई स्वास्थ्य मन्त्रालय दिइएको थियो । तर, जनवरी २२ मा रस्वपा ले सरकार छोड्यो। मन्त्रिपरिषद् विस्तारअघि रेकर्ड भएको अडियो दुई महिनापछि  सार्वजनिक भएको छ।

advertisement_1676551694.gif