राष्ट्रिय सन्देश संबाददाता, सोमबार, २ भाद्र, २०८२
२०८२ भदौ ०२, काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले राजनीतिक दल खोल्ने घोषणा गरेका छन् । दुई साताअघि मात्रै डिल्लीबजार कारागारबाट छुटेका प्रसाईंले सोमबार पत्रकार सम्मेलन गर्दै राजनीतिक दल खोल्ने घोषणा गरेका हुन् ।
उनले राष्ट्र र राष्ट्रियता निर्माणको अभियानमा अब दल गठन गरेर अगाडी बढ्ने बताए । उनले अभियान मात्र संचालन गरेर एउटा अध्याय सकिएको बताउदै अब नेपालको संबिधान अनुसार दल दर्ता गरेर अगाडी बढ्ने जानकारी गराएका हुन् । उनले अब उनले छिट्टै नयाँ दल दर्ता गर्ने र दलको नाम पनि केहि दिनमा टुंगाउने बताएका छन् ।
प्रसाईले पत्रकार सम्मेलनमा राप्रपाले आफुलाई छुरा हानेको आरोप लगाउदै राजेन्द्र लिङदेनले आफुलाई बैंक चोर भनेको प्रति आपत्ति जनाएका थिए । उनले बैंकलाई तिरेको ब्याज र कर्जा सूचना केन्द्रले पनि आफुलाई कालो सूची नराखेको स्पष्ट गरेका थिए ।
प्रसाईले आफुहरुको मुद्धा राजा ल्याउने रहेपनि अब राजामै सबै कुरा भरपर्ने बताए । आफुले प्रयास गरेको तर अब राजाले के गर्छन भन्ने अनुसार अगाडी बढ्न बताए । उनले व्यवस्था भित्र बसेर व्यवस्था विरोधी आन्दोलन गर्न दल दर्ता गर्न लागेको बताउदै राप्रपा र आफुमा धेरै फरक रहेको बताए ।