शुक्रबार, ६ मंसिर, २०८२

प्रधानमन्त्री र सभामुखबीच भेट,जेठ ५ मा सरकारले नीति तथा कार्यक्रम ल्याउने तयारी।

राष्ट्रिय सन्‍देश संबाददाता, मंगलवार, २ जेष्ठ, २०८०

प्रधानमन्त्री र सभामुखबीच भेट,जेठ ५ मा  सरकारले नीति तथा कार्यक्रम ल्याउने तयारी।

काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सभामुख देवराज घिमिरेबीच आज भेटवार्ता भएको छ। मंगलबार बिहान सभामुख घिमिरे बालुवाटार पुगेर प्रधानमत्री संग भेट गरेका थिए।

भेटमा प्रधानमन्त्री प्रचण्डले जेठ ५ गते सरकारले नीति तथा कार्यक्रम ल्याउने तयारी भएको सभामुखलाई जानकारी गराएका थिए।सभामुखले जेठ ५ नीति तथा कार्यक्रम ल्‍याउन आफूहरू तयारी अवस्थामै रहेको जवाफ दिएको बताइएको छ ।

आजबाट संसदीय समितिहरूको बैठक सुरू भएकाले संसदले लय समातेको भन्दै प्रधानमन्त्री प्रचण्डले संसदमा विचाराधिन विधेयकहरू टुंगो लगाउन सहज हुने आसय ब्यक्त गरेको बताइएको छ। आजदेखि मिनी सांसद को रुपमा परिचित संसदीय समितिहरू क्रियाशील भएका छन्। 

advertisement_1680627706.gif