शुक्रबार, ६ मंसिर, २०८२

प्रधानमन्त्री ओलीले विश्वासको मत नलिएको भन्दै सर्वोच्चमा रिट

राष्ट्रिय सन्‍देश संबाददाता, बिहीबार, ५ भाद्र, २०८२

प्रधानमन्त्री ओलीले विश्वासको मत नलिएको भन्दै सर्वोच्चमा रिट

२०८२ भदौ ०५, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारलाई काम चलाउ घोषणा गर्न बाध्य पार्न सर्वोच्च अदालतमा रिट दायर भएको छ ।

अधिवक्ता वीरेन्द्र केसीले दायर गरेको रिटमा सत्ता साझेदार दलले समर्थन फिर्ता लिएपछि सरकारले विश्वासको मत लिनुपर्ने संविधानको व्यवस्था उल्लङ्घन गरेको उल्लेख छ ।

यसमा प्रधानमन्त्री ओली, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबार, प्रतिनिधि सभाको सभामुख देवराज घिमिरे, संघीय संसद सचिवालय सिंहदरवार र राष्ट्रपतिको कार्यालय शीतल निवासलाई विपक्षी बनाइएको छ ।

रिटको पेसी भोलि शुक्रबार तोकिएको छ ।

advertisement_1676998982.gif