शनिबार, ९ जेष्ठ, २०८३

प्रधानमन्त्री कार्यालयको नाम लिएर वडा सचिवलाई धम्की दिने युवक पक्राउ

राष्ट्रिय सन्‍देश संबाददाता, शनिबार, २ जेष्ठ, २०८३

प्रधानमन्त्री कार्यालयको नाम लिएर वडा सचिवलाई धम्की दिने युवक पक्राउ

२०८३ जेष्ठ ०२, शनिबार, काठमाडौं । दैलेखको दुल्लु नगरपालिका–१३ का वडा सचिव कमल भण्डारीलाई प्रधानमन्त्री कार्यालयको नाम लिएर फोनमार्फत धम्की दिने प्रकाश खड्का पक्राउ परेका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौँले सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–६ घर भई शंखमुल बस्दै आएका २२ वर्षीय खड्कालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको जनाएको छ ।

उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंले नियन्त्रणमा लिएको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको नाम दुरुपयोग गरी राष्ट्रसेवक कर्मचारीलाई धम्क्याउने, भय र त्रास सिर्जना गर्ने तथा अमर्यादित शब्द प्रयोग गरेको आरोपमा पक्राउ परेका खड्कामाथि आवश्यक अनुसन्धान भइरहेको पसिसरका प्रवक्त पवन भट्टराईले जानकारी दिए ।

यसअघि वडा सचिवलाई धम्की दिने खड्कामाथि कारबाही गर्न प्रधानमन्त्री कार्यालयले निर्देशन दिएको थियो ।

advertisement_1676998982.gif