शुक्रबार, ६ मंसिर, २०८२

प्रतिनिधि सभा बैठक बस्दै: सभामा ५ वटा अध्यादेश निर्णयार्थ पेस गरिँदै

राष्ट्रिय सन्‍देश संबाददाता, बुधबार, २१ फाल्गुन, २०८१

प्रतिनिधि सभा बैठक बस्दै: सभामा ५ वटा अध्यादेश निर्णयार्थ पेस गरिँदै

२१ फागुन, काठमाडौं। प्रतिनिधिसभाको बैठक आज बस्दै छ। अपरान्ह १ बजेदेखि शुरु हुने बैठकमा सरकारले यस अघि संसदमा पेश गरेका विभिन्न पाँच अध्यादेशमाथि छलफल र स्वीकृतीका लागि पेश हुने संघीय संसदले सार्बजनिक गरेको आजको सम्भावित कार्यसूचीमा उल्लेख छ। सरकारले आज यस अघि जारी गरिएको भूमिसम्बन्धी अध्यादेश बाहेक अन्य पाँच अध्यादेश स्वीकृतिका लागि पेश गर्ने भएको हो ।

प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिको मँगलबार सम्पन्न बैठकले ‘सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’, ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, २०८१’,  र ‘निजीकरण (पहिलो संशोधन) अध्यादेश, २०८१’ सहित पाँच वटा अध्यादेश स्वीकृतिका लागि निर्णयार्थ पेस गर्ने कार्यसूची तय गरेको बताइएको छ ।

गत माघ २४ गते ६ वटै अध्यादेश अगाडि बढाउने कार्यसूची थियो । बुधबार भने पाँच वटा अध्यादेश अगाडि बढाउने सम्भावित कार्यसूची छ ।

सत्तापक्षमै रहेको जनता समाजवादी पार्टी (जसपा) नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले भूमि सम्बन्धी अध्यादेश अगाडि बढाउन सहयोग नगर्ने अडान लिएपछि सरकारले बाँकी अध्यादेश अगाडि बढाउन लागेको हो ।

advertisement_1680627680.gif