शुक्रबार, ६ मंसिर, २०८२

प्रचण्ड विरुद्ध नाराबाजी गरेको आरोपमा जेल चलान गरिएका तिनै जना धरौटीमा रिहा।

राष्ट्रिय सन्‍देश संबाददाता, मंगलवार, १४ चैत्र, २०७९

प्रचण्ड विरुद्ध नाराबाजी गरेको आरोपमा  जेल चलान गरिएका तिनै जना धरौटीमा रिहा।

काठमाडौँ। प्रधानमन्त्रीविरुद्ध नाराबाजी गरेको आरोपमा पक्राउ गरी जेल चलान गरिएका तीन जना धरौटीमा रिहा भएका छन् । । धरौटी बुझाउन नसकेपछि केन्द्रीय कारागार पठाइएकामा सोलुखुम्बुका २३ वर्षीय उद्धव बस्नेत, बाग्लुङका ३० वर्षीय सोम शर्मा र बझाङका १८ वर्षीय विप्लव खड्का रहेका आज रिहा भएका हुन् ।
 तीनै जनालाई मंगलबार धरौटीमा रिहा गरिएको बताइएको छ  । फागुन ७ गते काठमाडौंको बानेश्वरमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको कार्यक्रममा उनीहरुले प्रधानमन्त्रीविरुद्ध नाराबाजी गरेपछि घटना भएको हो । त्यतिबेला प्रहरीले उनीहरुलाई पक्राउ गरेको थियो र प्रहरीले उनीहरुलाई पक्रेर कारमा राखेर मुख बाँधेको भिडियो सार्वजनिक भएको थियो ।

advertisement_1676553908.gif