राष्ट्रिय सन्देश संबाददाता, बिहीबार, २१ कार्तिक, २०८२
काठमाडौँ। नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले बिहीबार काठमाडौंमा प्रदर्शन गरेको छ । काठमाडौंको रत्नपार्क बाट निकालिएको र्याली भृकुटीमण्डप पुगेर प्रदर्शन सभामा परिणत भएको थियो । सभालाई सम्बोधन गर्दै नेता नेत्र बिक्रम चन्द बिप्लवले सर्वपक्षीय अन्तरिम सरकारको माग गरेका छन्।
भदौ २३-२४ को जेन-जी आन्दोलनपछिको राजनीतिक परिवेशमा भएको प्रदर्शनमा सरकारले चुनावको वातावरण बनाउने पर्ने मा जोड दिएका थिए।विप्लवले हालै निर्वाचन आयोगमा दल दर्ताको निवेदन दिएका छन् ।
यो बीचमा उनको पार्टीबाट पनि एक समूह फुटेर गएको छ ।