शुक्रबार, ६ मंसिर, २०८२

नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिस अनुसार टोपबहादुर बुढासहित १९ जनाको कैद सजाय माफी

राष्ट्रिय सन्‍देश संबाददाता, आईतवार, १४ जेष्ठ, २०८०

नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिस अनुसार टोपबहादुर बुढासहित १९ जनाको कैद सजाय माफी

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संरक्षक रेशम चौधरीसहित १९ जनाको कैद सजाय माफी गरेका छन् । गत शुक्रबार र आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले गरेको सिफारिस अनुरुप राष्ट्रपति पौडेलले बाँकी कैद सजाय माफी भएको हो ।

आइतबार राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ ‘ राष्ट्रपति रामचन्द्र पौडेलज्यूबाट नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०८० जेठ १२ र जेठ १४ का बैठकका सिफारिस अनुसार टोप बहादुर बुढा समेतका १९ जना व्यक्तिहरूलाई विभिन्न अदालतबाट विभिन्न मितिमा भएका फैसलाबमोजिम लागेको कैद सजाय नेपालको संविधानको धारा २७६ र मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५९ बमोजिम गणतन्त्र दिवस, २०८० को उपलक्ष्यमा माफी भएको छ।

 

advertisement_1680627680.gif