बुधबार, २१ आश्विन, २०८३

नेपाली कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

राष्ट्रिय सन्‍देश संबाददाता, २३ घण्टा पहिले

नेपाली कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

२०८३ असोज २० काठमाडौँ । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत पार्टीमा भर्खरै सृजित वरिष्ठ उपसभापति पदमा विश्वप्रकाश शर्मा निर्विरोध निर्वाचित भएका छन् । मङ्गलवार साँझ ७ बजेसम्म तोकिएको उम्मेदवारी दर्ताको निर्धारित समयभित्र सो पदमा शर्माको मात्रै एकल उम्मेदवारी परेकाले उहाँ सर्वसम्मत निर्वाचित भएका हुन्।

कांग्रेस विधानमा यसअघि नरहेको वरिष्ठ उपसभापति पद विशेष गरी नेता शर्मालाई नै लक्षित गरी महाधिवेशनको अन्तिम समयमा विधान संशोधनमार्फत थप गरिएको थियो । यसअघि गगन थापा सभापति रहेको विशेष महाधिवेशनबाट शर्मा उपसभापति चयन भएका थिए ।

चौधौँ महाधिवेशनमा महामन्त्री पदमा निर्वाचित भएका शर्माले पार्टीभित्रको आन्तरिक शक्ति सन्तुलन र नेतृत्व व्यवस्थापनका क्रममा सिर्जना गरिएको यो नयाँ र शक्तिशाली पदमा निर्विरोध भएर शीर्ष नेतृत्वमा आफ्नो पकड पुनः पुष्टि गरेका छन् ।   

advertisement_1676553908.gif