राष्ट्रिय सन्देश संबाददाता, आईतवार, १५ चैत्र, २०८२
२०८२ चैत्र १५, काठमाडौं । पुष्पकमल दाहाल प्रचण्ड नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलको नेतामा चयन भएका छन् ।
आइतबार काठमाडौंको पेरिसडाँडामा बसेको फागुन २१ गते निर्वाचित प्रतिनिधि सभाका सदस्यहरूको बैठकले प्रचण्डलाई दलको नेता चयन गरेको हो ।
गत फागुन २१ मा भएको संसदीय निर्वाचनमा नेकपाले प्रत्यक्षतर्फ ८ र समानुपातिकतर्फ ९ सहित १७ सिट जित हासिल गरेको थियो ।
प्रचण्ड रुकुम पूर्वबाट विजयी भएका थिए ।त्यस्तै दलको उपनेता भने पछि चयन गर्ने सहमति भएको सो पार्टीले जनाएको छ । फागुन २१ मा सम्पन्न प्रतिनिधिसभाको निर्वाचनमा नेकपाका १७ सांसद निर्वाचित भएका थिए ।