राष्ट्रिय सन्देश संबाददाता, सोमबार, २५ कार्तिक, २०८२
२०८२ कार्तिक २४, काठमाडौँ । सरकारले मधेश प्रदेशकी प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई पदमुक्त गरेको छ । सोमबार बसेको मन्त्रिपरषद्को बैठकले उनलाई पदबाट हटाएको हो ।
‘मधेशमा भएको पछिल्लो घटनाक्रमका आधारमा उहाँलाई हटाइएको’ सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री खरेलले जानकारी दिए ।
उनलाई हटाएर सुरेन्द्र लाभ कर्णलाई प्रदेश प्रमुखमा नियुक्त गर्न सरकारले राष्ट्रपति समक्ष सिफारिस गरेको छ ।