शुक्रबार, ६ मंसिर, २०८२

मधेस सरकारबाट एमालेका मंत्रीहरूले दिए राजीनामा

राष्ट्रिय सन्‍देश संबाददाता, मंगलवार, २१ चैत्र, २०७९

मधेस सरकारबाट एमालेका मंत्रीहरूले दिए राजीनामा

जनकपुरधाम। नेकपा एमालेका मन्त्रीहरुले मधेश सरकारबाट राजीनामा दिएका छन् । एमालेको तर्फबाट सरकारमा सहभागी ४ जना मन्त्रीले आज मुख्यमन्त्री सरोजकुमार यादवसमक्ष राजीनामा पत्र बुझाएका हुन् ।

एमालेबाट मन्त्री बनेका भौतिक पूर्वाधार विकास मन्त्री सरोजकुमार यादव, महिला बालबालिका युवा तथा खेलकुद मन्त्री मोहमद जयद आलम, गृह तथा सञ्चार मन्त्री शत्रुधनप्रसाद सिंह, कानुन न्याय तथा प्रदेश सभा मामिला मन्त्री राजकुमार लेखी र गृह तथा सञ्चार राज्यमन्त्री केशव रायले राजीनामा दिनुभएको हो।

एमालेबाट अन्य तीन मन्त्री र राज्यमन्त्री माघ २० गते सरकारमा सहभागी भएका थिए । मधेस प्रदेशमा सबैभन्दा ठूलो दल एमालेका २३ जना प्रदेश सभा सदस्य रहेका छन् ।

advertisement_1676553908.gif