शनिबार, ९ जेष्ठ, २०८३

मन्त्रिपरिषद्को बैठकले नीति तथा कार्यक्रम स्वीकृत

राष्ट्रिय सन्‍देश संबाददाता, सोमबार, २८ बैशाख, २०८३

मन्त्रिपरिषद्को बैठकले  नीति तथा कार्यक्रम स्वीकृत

२०८३ बैशाख २८, काठमाडौं । मन्त्रिपरिषद्को बैठकले आज  संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पाैडेलबाट हुने सम्बोधनको मस्यौदालाई स्वीकृत गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले नेपालको संविधानको धारा ९५ को प्रावधान बमोजिम राष्ट्रपतिको सम्बोधन स्वीकृत गर्ने निर्णय गरेको हो ।

तय गरिएको कार्यतालिका अनुसार सम्माननीय राष्ट्रपतिले  आज  अपराह्न चार बजे संघीय संसद्का दुवै सदनलाई संयुक्त रूपमा सम्बोधन गर्नेछन् ।

उक्त सम्बोधनमा सरकारको आगामी आर्थिक वर्षको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरिने भएकाले यसलाई विशेष महत्त्वका साथ हेरिएको छ । मन्त्रिपरिषद्को यो निर्णयसँगै संघीय संसद् सचिवालयले संयुक्त बैठकको आवश्यक व्यवस्थापन र तयारीलाई तीव्र पारेको छ ।

संविधानले व्यवस्था गरे अनुसार सरकारको नीतिगत प्राथमिकता र भावी योजनाहरू राष्ट्रपतिको सम्बोधनमार्फत सार्वजनिक हुने संवैधानिक परम्परा रहेको छ ।

advertisement_1676551646.gif