शनिबार, ९ जेष्ठ, २०८३

मन्त्रिपरिषद् बैठक बस्दै

राष्ट्रिय सन्‍देश संबाददाता, शुक्रबार, २५ बैशाख, २०८३

मन्त्रिपरिषद् बैठक बस्दै

२०८३ बैशाख २५, काठमाडौं । मुलुकको पछिल्लो राजनीतिक अवस्था र प्रशासनिक कार्यसम्पादनका विषयमा छलफल गर्न आज मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ । आज बिहान ११ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बैठक बोलाइएको हो ।

नियमित प्रक्रियाअनुसार बस्न लागेको यस बैठकमा विभिन्न मन्त्रालयहरूबाट आएका प्रस्तावहरूमाथि गहन छलफल हुने र आवश्यक प्रशासनिक तथा राजनीतिक निर्णयहरू लिइने तयारी गरिएको छ ।

विशेषगरी मुलुकको पछिल्लो आर्थिक अवस्था, विकास निर्माणका आयोजनामा देखिएका अड्चन र सार्वजनिक सेवा प्रवाहलाई अझ चुस्त बनाउने विषयमा प्रधानमन्त्रीले मन्त्रीहरूलाई आवश्यक निर्देशन दिने बताइएकाे छ ।

बैठकमा केही महत्त्वपूर्ण नियुक्ति, कर्मचारी प्रशासनका फेरबदल तथा वैदेशिक भ्रमणका प्रस्तावहरूमाथि पनि छलफल गरी निर्णय प्रमाणीकरण गरिने कार्यसूची रहेको छ ।

advertisement_1676551646.gif