शुक्रबार, ६ मंसिर, २०८२

महावीर पुनको माग सम्बोधनका लागि समिति गठन गर्ने सहमति।

राष्ट्रिय सन्‍देश संबाददाता, आईतवार, १७ बैशाख, २०८०

महावीर पुनको माग सम्बोधनका लागि समिति गठन गर्ने सहमति।

काठमाडौँ। सरकारले राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुन संग वार्ता गरेको छ।

राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनले हालै सिंहदरबारमा सरकारसँगको बार्तामा अनुसन्धान, आविष्कार र आविष्कार गर्ने नेपालीका लागि सङ्घ र प्रदेश सरकारले कम्तीमा १ प्रतिशत रकम विनियोजन गर्नुपर्ने माग राखेका थिए । बैठकले माग सम्बोधन गर्न वार्ता समिति गठन गर्ने निर्णय गरेको बताइएको छ  । पुनले छलफलमा सकारात्मकता व्यक्त गर्दै बार्ता समितिद्वारा माग सम्बोधन तर्फ लैजाने सहमति भएको छ । सरकारका तर्फबाट रक्षामन्त्री खड्का र मुख्य सचिव शंकरदास वैरागी सहभागी थिए भने पुनका साथमा अन्य दुई जना थिए ।

अनुसन्धान, आविष्कार र आविष्कारलाई सरकारले बेवास्ता गरेको भन्दै पुन र उनका समर्थकहरुले माइतीघरमा धर्ना दिएका छन् । वार्ता समितिको विकासलाई समस्या समाधानका लागि सकारात्मक कदमका रुपमा हेरिएको छ ।

advertisement_1676551694.gif