शुक्रबार, ६ मंसिर, २०८२

माओवादी केन्द्र र एकीकृत समाजवादीसहित आठ बाम दलको एकता घोषणा

राष्ट्रिय सन्‍देश संबाददाता, बुधबार, २० कार्तिक, २०८२

माओवादी केन्द्र र एकीकृत समाजवादीसहित आठ बाम दलको एकता घोषणा

कात्तिक १९, २०८२ ,काठमाडौँ । नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) सहित विभिन्न स साना वामपन्थी पार्टीबीच एकता घोषणा भएको छ । बुधबार भृकुटीमण्डपमा आयोजित एक समारोहमा माओवादी केन्द्र, एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी, जनसमाजवादी पार्टी नेपाल, नेपाल कम्युनिस्ट पार्टी, नेकपा (माओवादी समाजवादी) र नेकपा (साम्यवादी)लगायत वाम पार्टीबिच एकता घोषणा गरिएको हो ।

पार्टी एकताका लागि दलहरूबिच नौ बुँदे सहमति गरेका छन् । पार्टीको केन्द्रीय संयोजकमा पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजकमा माधव कुमार नेपाललाई चयन गरिएको छ । एकता घोषणा कार्यक्रममा नया दलको रुपमा नेपाली कम्युनिस्ट पार्टीको घोषणा गरिएको छ भने चुनाव चिह्न पाँचकुने तारा रहने प्रस्तावलाई सबै दलका नेताहरूले अनुमोदन गरेका थिए ।

तेस्तै नेपाली कम्युनिस्ट पार्टीको मार्गनिर्देशक सिद्धान्त मार्क्सवाद–लेनिनवाद र कार्यक्रम नेपाली विशेषताको वैज्ञानिक समाजवाद राखिएको छ । पार्टीको आगामी ६ महिनाभित्र एकता राष्ट्रिय महाधिवेशनको आयोजना गर्ने सहमति भएको छ ।

एकता प्रक्रियामा सहभागी भएका पार्टीका साबिकका केन्द्रीय समितिलाई समायोजन गर्दै आपसी सहमतिको आधारमा केन्द्रीय समिति गठन गरिने बताइएको छ ।

advertisement_1676551537.gif