राष्ट्रिय सन्देश संबाददाता, शुक्रबार, १६ आश्विन, २०८३
२०८३ असोज १६ काठमाडौँ I नेपाली कांग्रेसको १५ औं महाधिवेशन अन्तर्गत केन्द्रीय कार्यसमितिका लागि उम्मेदवारहरुको मनोनयन दर्ता आगामी असोज १९ गते सोमबार गरिने भएको छ । केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै मनोनयन दर्ता सम्बन्धी जानकारी दिएका हुन् ।
विज्ञप्ति अनुसार सो दिन दिउँसो २:०० बजेदेखि साँझ ६:०० बजेसम्म काठमाडौँस्थित राष्ट्रिय सभागृहमा उम्मेदवारी मनोनयन पत्र दर्ता गर्ने समय समय सीमा तोकिएको छ । निर्वाचन समितिले विज्ञप्तिमार्फत योग्य तथा इच्छुक उम्मेदवारहरुलाई तोकिएको समयावधिभित्रै उपस्थित भई मनोनयन पत्र दर्ता गराउन अनुरोध गरेको छ ।
मनोनयन दर्तापछि सञ्चालन हुने अन्य निर्वाचन कार्यक्रम सम्बन्धी विस्तृत तालिका भने पछि सार्वजनिक गरिने समितिले जनाएको छ ।