शनिबार, ९ जेष्ठ, २०८३

हितेन्द्रदेव शाक्य प्राधिकरणमा पुनर्स्थापित गर्न सर्वोच्चको आदेश

राष्ट्रिय सन्‍देश संबाददाता, सोमबार, २३ मंसिर, २०८२

हितेन्द्रदेव शाक्य प्राधिकरणमा पुनर्स्थापित गर्न  सर्वोच्चको आदेश

२०८२ मंसिर २२, काठमाडौँ । सर्वोच्च अदालतले नेपाल विद्युत् प्राधिकरण कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्यलाई पुनर्स्थापित गर्ने आदेश दिएको छ ।

जेनजी आन्दोलनको बलमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री बनेका प्राधिकरणका पूर्वप्रबन्ध निर्देशक कुलमान घिसिङले शाक्यलाई जल तथा ऊर्जा आयोगमा सरुवा गरेपछि त्यसविरुद्ध शाक्य सर्वोच्च अदालत गएका थिए ।

उक्त रिटउपर सुनुवाइ गर्दै सर्वोच्चका न्यायाधीशद्वय डा. नहकुल सुवेदी र श्रीकान्त पौडेलको इजलासले शाक्यलाई पुनर्स्थापित गर्ने आदेश दिएको हो ।

advertisement_1676551694.gif