शुक्रबार, ६ मंसिर, २०८२

एमालेले स्थानीय तहका जनप्रतिनिधिहरूलाई प्रशिक्षण दिने ।

राष्ट्रिय सन्‍देश संबाददाता, शुक्रबार, १२ जेष्ठ, २०८०

एमालेले स्थानीय तहका जनप्रतिनिधिहरूलाई प्रशिक्षण दिने ।

नेकपा (एमाले)ले स्थानीय तहका जनप्रतिनिधिहरूलाई प्रशिक्षण दिने भएको छ। प्रशिक्षण आज  पार्टी कार्यालय च्यासलमा सुरू हुँदैछ। प्रशिक्षण शुक्रबार र शनिबार गरि दुइ दिन सम्म चल्ने एमालेले बताएको छ। गत वैशाख २८ गतेदेखि ३० गतेसम्म चलेको केन्द्रीय कमिटीको बैठकले जनप्रतिनिधिहरूलाई स्थानीय तहको नीति, कार्यक्रम, बजेट निर्माणका विषयमा प्रशिक्षण दिने निर्णय गरेको थियो।

पार्टी अध्यक्ष केपी शर्मा ओलीलगायत नेताहरूले प्रशिक्षण दिने बताइएको छ।गत  वर्ष भएको स्थानीय तह निर्वाचनमा नेकपा (एमालेले) ८३ वटा पालिका प्रमुख जितेको थियो। ११५ वटा पालिका उपप्रमुख जितेको थियो ।त्यस्तै १२२ गाउँपालिका अध्यक्ष जितेको थियो भने १२६ उपाध्यक्ष जितेको थियो।स्थानीय तहको जनप्रतिनिधि र पार्टी कमिटीका बीचमा समन्वय नभएको गुनासो बढेपछि पार्टीले प्रशिक्षणको कार्यक्रम  राखेको हो।

त्यस्तै  निर्वाचित जनप्रतिनिधिहरूलाई पार्टीको नीति, दृष्टिकोण समेटेर बजेट तर्जुमा गर्न सघाउ  पुर्याउने तथा स्थानीय तहका अधिकार, योजना छनोट र तर्जुमा, पार्टीसँगको समन्वय आदि पनि  प्रशिक्षमा समेटिने छन्।

advertisement_1680627706.gif