शुक्रबार, ६ मंसिर, २०८२

एमालेको अवरोध पछि आज पनि संसद बैठक स्थगित।

राष्ट्रिय सन्‍देश संबाददाता, सोमबार, २९ श्रावण, २०८०

एमालेको अवरोध पछि  आज पनि संसद बैठक स्थगित।

काठमाडौँ। लगातार दुइ हप्ता देखि संसदमा अवरोध गर्दै आएका  नेकपा एमालेका सांसदहरूले सोमबार पनि प्रतिनिधिसभाको बैठक अवरुद्ध पारेका छन् । एमालेको अवरोधसँगै सभामुख देवराज घिमिरेले आइतबारसम्मका लागि संसद्‍ बैठक स्थगित भएको घोषणा गरे ।

सभामुख घिमिरेले  बैठक  सुरु भएको घोषणा गर्नासाथ प्रमुख प्रतिपक्षी दल एमालेका सांसदहरु सिटबाट उठेर नारावाजी सुरु गरेका थिए । त्यस अघि सभामुख घिमिरेले कांग्रेसका सांसद सुनिल शर्मा र एमालेका सांसद मानवीर राईलाई आफ्नो भनाइ राख्न समय दिएका थिए ।

 

नेपाली कांग्रेस का सांसद शर्माले आफूलाई पक्राउ गरिएको विषय र त्यसको घटनाक्रमबारे जानकारी गराउदै आफूलाई पक्राउ पुर्जी समेत नदिएर पक्राउ गरिएको भन्दै सरकारको विरोध गरे उनले  गृहमन्त्रीको राजिनामा तथा प्रधानमन्त्रीले माफि नमागेमा आमरण अनसन बस्ने धम्कि समेत दिए। एमालेका सांसद मानवीर राईले पनि सरकारको विरोध गर्दै सुन प्रकरणमा सरकारले उच्चस्तरीय छानबिन समिति बनाउन माग गरे 

advertisement_1676551537.gif