शुक्रबार, ६ मंसिर, २०८२

अडियो काण्डमा बिबादित सांसद ढाकाकुमार पार्टीबाट निस्कासित। सांसद पद पनि गुम्यो।

राष्ट्रिय सन्‍देश संबाददाता, बुधबार, २९ चैत्र, २०७९

अडियो काण्डमा बिबादित सांसद ढाकाकुमार  पार्टीबाट निस्कासित। सांसद पद  पनि गुम्यो।

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले ढाकाकुमार श्रेष्ठलाई पार्टीको साधारण सदस्य समेत नरहने गरि सांसद समेत पदबाट निष्कासन गरेको छ । २ करोड अडियो काण्डमा श्रेष्‍ठको नाम मुछिएपछि पार्टीले सदस्य समेत नरहने गरि सांसद पदबाट निष्कासन गरेको हाे ।

दुर्गा प्रसाईंसँग दुई करोड रुपैयाँ घुस मागेकाे अडियाे सार्वजनिक भएपछि रास्वपाका सांसद ढाकाकुमार श्रेष्ठ निलम्बनमा परेका थिए। श्रेष्ठ र प्रसाईंबीचको टेलिफोन वार्ताका सम्बन्धमा सत्य/तथ्य छानबिन गरी तीन दिनभित्र केन्द्रीय समितिमा प्रतिवेदन पेस गर्न पार्टीको केन्द्रीय अनुशासन तथा आचरण समितिलाई निर्देशन दिएको थियाे । केन्द्रीय अनुशासन समितिले गरेको छानबिनपछि बुझाएको सिफारिस अनुसार पार्टी विधानको धारा ५६ (४) बमोजिम उनको सदस्यता खारेज गर्ने निर्णय गरेको राष्‍ट्रीय स्‍वतंत्र पार्टीका एक नेताले बताए।  

श्रेष्‍ठको सांसद पद पनि खारेज गर्दै कानुन बमोजिम निर्वाचन आयोगमा बुझाएको सूची अनुसार विन्दवासिनी कंशाकारलाई समानुपातिक सांसद पदमा निर्वाचित गर्ने निर्णय समेत गरेको छ ।

advertisement_1676551537.gif