शुक्रबार, ६ मंसिर, २०८२

आज यी तीन वटा संसदीय समितिको बैठक बस्दै, यस्तो छन् कार्यसूची

राष्ट्रिय सन्‍देश संबाददाता, बिहीबार, ५ भाद्र, २०८२

आज यी तीन वटा संसदीय समितिको बैठक बस्दै, यस्तो छन् कार्यसूची

२०८२ भदौ ०५, काठमाडौं । संघीय संसद अन्तर्गतका तीनवटा संसदीय समितिका बैठक आज बस्दै छन् ।

बिहीबार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बिहान ८ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा विद्यालय शिक्षा विधेयक–२०८० सम्बन्धी समितिको प्रतिवेदनमाथि छलफल गर्ने कार्यसूची छ ।

यस्तै, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक बिहान १० बजे सिंहदरबारमा बस्नेछ । बैठकमा भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकका सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको छ ।

त्यस्तै,विधायन व्यवस्थापन समितिको बैठक बिहान ११ बजे बस्नेछ । बैठकमा संघीय निजामती सेवा विधेयक, २०८० माथि दफावार छलफल हुनेछ । 

advertisement_1676553851.gif