शुक्रबार, ६ मंसिर, २०८२

आज अन्तर्राष्ट्रिय श्रमिक दिवस। विभिन्न कार्यक्रमका साथ मनाइदै।

राष्ट्रिय सन्‍देश संबाददाता, सोमबार, १८ बैशाख, २०८०

आज अन्तर्राष्ट्रिय श्रमिक दिवस। विभिन्न कार्यक्रमका साथ मनाइदै।

आज १३४औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस, श्रमजीवी वर्गको योगदान र संघर्षलाई सम्मान गर्न विश्वभर मनाइँदै आएको दिवस । विभिन्न श्रम संगठन, राजनीतिक दल र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको संयुक्त आयोजनामा ​​‘सामाजिक सुरक्षा, मर्यादित श्रमः श्रमको सम्मान, राष्ट्रको अभियान’ भन्ने नाराका साथ आज नेपालमा मई दिवस मनाइँदैछ ।

अन्तर्राष्ट्रिय श्रमिक दिवसको सुरुवाद  सन् १८८६ मा अमेरिकाको शिकागो बाट भएको हो  जहाँ मजदुरहरूले ‘आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम को स्थापनाको लागि आन्दोलन गरिरहेका थिए। 

सन् १८८९ मा पेरिसमा मजदुर नेता तथा संस्थाहरूको बैठक बसेको थियो, जहाँ  विश्वभर हरेक वर्ष सोही दिन अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाउने निर्णय भएको थियो। 

नेपालमा पहिलो श्रम आन्दोलन सन् २००७ मा विराटनगरमा भएको थियो र २०४६ को राजनीतिक परिवर्तनसँगै नेपालमा अन्तर्राष्ट्रिय श्रमिक दिवसलाई सार्वजनिक बिदा दिदै भब्य रुपमा मनाउन थलिएको हो। 

advertisement_1676551537.gif