शुक्रबार, ६ मंसिर, २०८२

फोहोर घरमै राख्न जथाभावी नफाल्न काठमाडौं महानगरको अनुरोध

राष्ट्रिय सन्‍देश संबाददाता, शुक्रबार, १५ कार्तिक, २०८२

फोहोर घरमै राख्न जथाभावी नफाल्न  काठमाडौं महानगरको अनुरोध

कात्तिक १४, २०८२ काठमाडौं। काठमाडौं उपत्यकाको फोहरमैला व्यवस्थापन स्थल  बन्चरेडाँडा ल्याण्डफिल साइटमा फोहर विसर्जनमा अवरोध भएपछि अर्को सूचना जारी नभएसम्म आफ्नो घरबाट निष्कासन हुने फोहरमैला घरमै सुरक्षित राख्न अनुरोध गरेको हो। महानगरको वातावरण व्यवस्थापन विभागले जारी गरेको सूचनामा भनिएको छ।

काठमाडौं उपत्यकाको फोहरमैला अन्तिम विसर्जन स्थल बन्चरेडाँडा ल्याण्डफिल साइटमा फोहर विसर्जनमा अवरोध भएकोले फोहर विसर्जन गर्न नसकिएको हुँदा अर्को सूचना जारी नभएसम्म आफ्नो घरबाट निष्कासन हुने फोहरमैला घरर कम्पाउण्डमा सुरक्षित तवरले राख्नुहुन र जथाभाबी सडक तथा सार्वजनिक स्थलमा नफाल्नुहुन अनुरोध छ।ʼ

advertisement_1676553908.gif