शनिबार, ९ जेष्ठ, २०८३

कांग्रेसको संसद् समन्वय बोर्डको पहिलो बैठक आज बस्दै

राष्ट्रिय सन्‍देश संबाददाता, मंगलवार, २२ बैशाख, २०८३

कांग्रेसको संसद् समन्वय बोर्डको पहिलो बैठक आज बस्दै

२०८३ बैशाख २२, काठमाडौं । नेपाली कांग्रेसको नवनिर्मित संसद् समन्वय बोर्डको पहिलो बैठक आज बस्ने भएको छ । कांग्रेस केन्द्रीय कार्यालय बिपी स्मृति भवन, सानेपामा दिउँसो ३ बजेका लागि बैठक आह्वान गरिएको हो ।

पार्टीको संसदीय गतिविधिलाई थप प्रभावकारी र व्यवस्थित बनाउने उद्देश्यका साथ गठन भएको यस बोर्डको यो नै पहिलो औपचारिक बैठक हो ।

कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार यो बैठक कांग्रेस संसदीय दलको विधान (संशोधन र परिमार्जनसहित, २०८३) को धारा २१ बमोजिम गठन भएको बोर्डको पहिलो बैठक हो ।

विधानमा गरिएको पछिल्लो परिमार्जनअनुसार संसदीय दल र पार्टी संगठनबीचको समन्वयलाई मजबुत बनाउन यो बोर्डको व्यवस्था गरिएको हो ।

बैठकमा संसद्मा पार्टीको भूमिका, आगामी विधायीकी कार्यसूची र समसामयिक राजनीतिक विषयमा संसदीय दलले लिने रणनीतिका बारेमा प्रारम्भिक छलफल हुने बताइएको छ । कांग्रेसले बोर्डका सबै सदस्यहरूलाई तोकिएको समयमा अनिवार्य उपस्थित हुन निर्देशन समेत दिएको छ ।

advertisement_1676998982.gif