शुक्रबार, ६ मंसिर, २०८२

कांग्रेस बागमती प्रदेश संसदीय दलको नेतामा इन्द्र बानियाँ निर्वाचित

राष्ट्रिय सन्‍देश संबाददाता, बुधबार, १५ श्रावण, २०८२

कांग्रेस बागमती प्रदेश संसदीय दलको नेतामा इन्द्र बानियाँ निर्वाचित

२०८२ साउन १४, काठमाडौं । बागमती कांग्रेस संसदीय दलको नेतामा इन्द्र बानियाँ निर्वाचित भएका छन् । आज भएको मतदानपछिको गणनामा मुख्यमन्त्रीसमेत रहेका बहादुरसिंह लामालाई पराजित गर्दै बानियाँ निर्वाचित भएका हुन् ।

बागमती प्रदेशसभामा नेपाली कांग्रेसका ३७ सदस्य छन्। शतप्रतिशत मतदान भएको निर्वाचनमा बानियाँले २२ सांसदको मत पाउँदा लामाले १४ सांसदको मत पाए। १ मत भने बदर भएको छ । 

मंगलबार सम्पन्न मत विभाजनमा लामाको पक्षमा १५ र विपक्षमा २२ सांसदले हस्ताक्षर गरेपछि उनले दलको नेताका लागि आवश्यक १९ जनाको बहुमत गुमाएका थिए।

advertisement_1676551694.gif