राष्ट्रिय सन्देश संबाददाता, सोमबार, ९ असार, २०८२
९ असार २०८२, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समितिको सदस्यमा इञ्जिनियर रोहित पौडेल नियुक्त भएका छन् । प्राधिकरण सञ्चालक समितिका अध्यक्ष एवं ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले आज प्राधिकरण सञ्चालक समितिको सदस्यमा खोटाङ हलेसी तुवाचुङ नगरपालिका-९ का पौडेललाई नियुक्त गरेका हुन् ।
मन्त्री खड्काले पौडेललाई उद्योग, वाणिज्य तथा वित्त क्षेत्रबाट सदस्यमा नियुक्त गरेका हुन् । काठमाडौं विश्वविद्यालयबाट वित्त र परियोजना व्यवस्थापनमा स्नातकोत्तर पौडेल पेसिडेन्सियल ग्राजुएट स्कुलको परियोजना व्यवस्थापन विषयमा प्राध्यापन गर्दै आएका थिए।
नवनियुक्त सदस्य पौडेलसँग निर्माण र जलविद्युत्को क्षेत्रमा झण्डै एक दशक काम गरेको अनुभव छ ।