राष्ट्रिय सन्देश संबाददाता, शनिबार, २९ चैत्र, २०८१
३० चैत्र २०८१, वीरगञ्ज । वीरगञ्जको छपकैयामा दुई समुदायबीच झडप भएको छ । हनुमान जयन्तीका अवसरमा निकालिएको शोभायात्राका क्रममा झडप भएको हो । वीरगञ्जमा दुई समुदायबीच झडप भएपछि प्रशासनले कर्फ्यु लगाएको छ ।
हनुमान जयन्तीको दिन वीरगन्जको छपकैया क्षेत्रमा झडप, केही पसल र मोटरसाइकलमा आगजनी भएको छ । झडपका क्रममा पसलहरूमा तोडफोड भएको छ । केही पसलहरूमा आगजनीसमेत भएको छ ।
प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले शनिबार साँझ कर्फ्यु आदेशको सूचना प्रकाशित गर्दै कर्फ्यु लगाएका हुन् । कर्फ्यु शनिबार साँझ ६:३० बाट सुरु भएर आइतबार दिनको १२ बजेसम्मको लागि लगाइएको हो ।
प्रशासनका अनुसार पूर्वतर्फ भेडियाही चौक– वीरगंज महानगरपालिका–१, पश्चिमतर्फ सिर्सिया पुल– वीरगंज महानगरपालिका– २५, उत्तरतर्फ गण्डक चौक– वीरगंज महागरपालिका– १४ र दक्षिणतर्फ शंकराचार्य गेट– वीरगंज महानगरपालिका– १६ मा कर्फ्यु लगाइएको हो ।
झडपपछि वीरगञ्जमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।
.jpg)