शुक्रबार, ६ मंसिर, २०८२

देशभर ७८.८४ प्रतिशत भू–भागमा धान रोपाइँ

राष्ट्रिय सन्‍देश संबाददाता, सोमबार, १३ श्रावण, २०८२

देशभर ७८.८४ प्रतिशत भू–भागमा धान रोपाइँ

१२ साउन २०८२, काठमाडौं । देशभर आइतबारसम्म धान रोपाइँ हुने क्षेत्रफलको ७८.८४ प्रतिशत भू-भागमा धान रोपिएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।

कोशी प्रदेशमा ८०.३९ प्रतिशत, मधेश प्रदेशमा ५१.८२ प्रतिशत भू–भागमा रोपाइँ भएको छ ।

त्यसैगरी, बागमती प्रदेशमा ८७.१९ प्रतिशत र गण्डकी प्रदेशमा ७८.५३ प्रतिशत भू–भागमा रोपाइँ सकिएको छ । लुम्बिनी प्रदेशमा ९२.०४ प्रतिशत भू–भागमा रोपाइँ भएको छ । कर्णाली प्रदेशमा ९१.३८ प्रतिशत र सुदूरपश्चिम प्रदेशमा ९८.९४ प्रतिशत भू–भागमा धान रोपाइँ सकिएको मन्त्रालयले जनाएको छ ।

गत वर्ष १३ साउनसम्म ९२.६ प्रतिशत भू–भागमा रोपाइँ भएको थियो । यो वर्ष मधेश प्रदेशलगायतका केही क्षेत्रमा पानी नपरेका कारण हालसम्म गत वर्षको तुलनामा कम क्षेत्रमा रोपाइँ भएको हो ।

advertisement_1676553908.gif