राष्ट्रिय सन्देश संबाददाता, बिहीबार, २७ चैत्र, २०८१
२८ चैत्र २०८१, काठमाडौं । राजावादी जनआन्दोलन समितिका कमान्डर तोकिएका दुर्गा प्रसाईं भारतमा पक्राउ परेका छन् । प्रसाईंलाई भारतको आसाम राज्यबाट उनी पक्राउ परेका हुन् ।
प्रहरी स्रोतका अनुसार उनलाई पक्राउ गरेर नेपाल ल्याउँदै गरेको बताइएको छ । गत चैत १५ गतेको राजसंस्थावादी आन्दोलनपछि प्रसाईं वेपत्ता भएका थिए ।
उनले आफ्नो ज्यान खतरामा रहेको भन्दै सामाजिक सञ्जालमार्फत पटक/पटक भिडियो सन्देशहरू सार्वजनिक गरेका थिए ।