राष्ट्रिय सन्देश संबाददाता, बिहीबार, २ आश्विन, २०८२
२०८२ असोज ३, काठमाडाैं । संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८२ यस वर्ष विगतमा झैँ विविध कार्यक्रमको आयोजना गरी मनाइएको छ । राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यतामा सैनिक मञ्च, टुँडिखेलमा दिवसको मूल कार्यक्रम आयोजना गरी दिवस मनाइएको हो ।
समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्की, पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई लगायत सहभागी छन् ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल लगायतका नेताहरु संविधान दिवसको मूल समारोहमा सहभागी भएका छैनन् । विगतका वर्षमा सहभागी हुने नेताहरू यसपाली भने सहभागी भएका छैनन् ।






