शुक्रबार, ६ मंसिर, २०८२

सरकारले तीनकुने घटनामा ज्यान गुमाउनेका परिवारलाई १० लाख दिने

राष्ट्रिय सन्‍देश संबाददाता, बुधबार, १९ चैत्र, २०८१

सरकारले तीनकुने घटनामा ज्यान गुमाउनेका परिवारलाई १० लाख दिने

२० चैत्र २०८१, काठमाडौं । गृह मन्त्रालयले तीनकुने घटनामा ज्यान गुमाउनेहरूका परिवारलाई जनही १०/१० लाख दिने निर्णय गरेको छ ।

शुक्रबार भएको हिंसात्मक प्रदर्शनमा प्रहरीको गोली लागेर सविन महर्जन र समाचार संकलनमा खटिएका पत्रकार सुरेश रजकको आगलागीमा परेर मृत्यु भएको थियो  ।

दुबै जनाका परिवारलाई १०/१० लाख रुपैयाँ दिने निर्णय भएको गृह मन्त्रालय स्रोतले जनाएको हो ।

advertisement_1676551694.gif