शुक्रबार, ६ मंसिर, २०८२

सरकारले जेनजी आन्दोलनमा मारिएकालाई शहीद घोषणा गरेर १०-१० लाख क्षतिपूर्ति दिने

राष्ट्रिय सन्‍देश संबाददाता, आईतवार, २९ भाद्र, २०८२

सरकारले जेनजी आन्दोलनमा मारिएकालाई शहीद घोषणा गरेर १०-१० लाख क्षतिपूर्ति दिने

२०८२ भदौ १९, काठमाडौं । सरकारले जेनजी आन्दोलनमा मृत्यु भएकाहरूलाई शहीद घोषणा गरेर उनीहरूका परिवारलाई १०-१० लाख रुपैयाँ क्षतिपूर्ति दिने भएको छ ।

प्रधानमन्त्री सुशीला कार्कीले मृतकहरुलाई शहीद घोषणा गर्ने र  १०–१० लाख रूपैयाँ क्षतिपूर्ति दिने निर्णय गरेको मुख्यसचिव एक नारायण अर्यालले जानकारी दिए ।   

उनको अनुसार घाइतेहरुको  निशुल्क उपचारको लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई प्रधानमन्त्री कार्कीले निर्देशन दिएकी छन् । घाइतेहरूको निशुल्क उपचार गर्ने निर्णय भएको पनि उनले जानकारी दिए ।

advertisement_1680627706.gif