शुक्रबार, ६ मंसिर, २०८२

सीआईबी प्रमुखमा डा. मनोज केसी

राष्ट्रिय सन्‍देश संबाददाता, आईतवार, ५ आश्विन, २०८२

सीआईबी प्रमुखमा डा. मनोज केसी

२०८२ असोज ५, काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो प्रमुखमा डा. मनोज केसी नियुक्त भएका छन् । आज बसेको मन्त्रीपरिषद बैठकले केसीलाई सीआईबी प्रमुखमा नियुक्त गर्ने निर्णय गरेको हो ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा डा. आरजु राणविरुद्ध अनुसन्धान अगाडि बढाउँदा त्यहाँबाट हटाइएका एआईजी डा. मनोजकुमार केसी फेरि सिआईबी प्रमुखका रुपमा सरुवा भएका हुन् । 

नक्कली भुटानी शरणार्थी प्रकरणमा अनुसन्धान अघि बढाएका केसीलाई तत्कालीन सत्ता गठबन्धनमा रहेको नेपाली कांग्रेसको दबावका कारण पदबाट हटाइएको थियो ।

डा. केसीले ललिता निवास जग्गा प्रकरणको अनुसन्धानसमेत गरेका थिए। कात्तिक २७ मा रिक्त हुने ३३औं प्रहरी महानिरीक्षक (आईजीपी) पदका एक सम्भावित दावेदारको रूपमा समेत हुन् ।

advertisement_1676551694.gif