राष्ट्रिय सन्देश संबाददाता, बुधबार, १९ चैत्र, २०८१
२० चैत्र २०८१, काठमाडौं । राजाबादी आन्दोदनलाई हिंसात्मक बनाउन भूमिका खेलेको भन्दै पक्राउ परेका राप्रपा उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री धवल शमशेर राणासहित ४१ जनालाई दोस्रो पटक म्याद थप भएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा रहेका ४१ जनालाई काठमाडौं जिल्ला अदालतमा म्याद थपका लागि बुधबार उपस्थित गराइएकोमा थप ६ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिइएको हो ।
आपराधिक उपद्रव र संगठित अपराधमा ३० जना र राज्यविरुद्धको कसुरमा ११ जना गरी ४१ जनालाई पहिलोपटक आइतबार पाँच दिनको म्याद थप भएको थियो ।
उनीहरूलाई शुक्रबार प्रहरीले पक्राउ गरेको थियो। पाँच दिनको म्याद मंगलबार सकिएकाले उनीहरूलाई आज दोस्रो पटक म्याद थप गरिएको हो ।