शुक्रबार, ६ मंसिर, २०८२

रवीन्द्र मिश्रलाई थप ५ दिन हिरासतमा राख्न अनुमति

राष्ट्रिय सन्‍देश संबाददाता, मंगलवार, ३० बैशाख, २०८२

रवीन्द्र मिश्रलाई थप ५ दिन हिरासतमा राख्न अनुमति

३० बैशाख २०८२, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई थप ५ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।

मिश्रलाई मंगलबार म्याद थपका लागि आठौँ पटक जिल्ला अदालत, काठमाडौँ लगिएको थियो। अदालतले प्रहरीलाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।

जिल्ला न्यायाधीश खेमराज भट्टको इजलासले मिश्र र दुर्गा प्रसाईंसहित २६ जनालाई हिरासतमा राख्न थप म्याद दिएको हो ।

उनीहरूमाथि राज्यविरूद्धको कसुर र संगठित अपराधसम्बन्धी आरोपमा अनुसन्धान भइरहेको छ ।

advertisement_1676553908.gif