राष्ट्रिय सन्देश संबाददाता, आईतवार, २१ बैशाख, २०८२
२१ बैशाख २०८२, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई पाँच दिन हिरासतमा राख्न आइतबार अदालतबाट म्याद थप भएको छ ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश महेन्द्रबहादुर कार्कीको इजलासले राप्रपाका उपाध्यक्ष रवीन्द्र मिश्र सहित २५ जनालाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो ।
अदालतले आइतबार छैटौंपटक म्याद थप गर्दै मिश्रलाई अझै पाँच दिन हिरासतमा राख्न अनुमति दिएको हो । आज म्याद थपका लागि उनलाई जिल्ला अदालत काठमाडौँमा पेश गरिएको थियो ।