राष्ट्रिय सन्देश संबाददाता, शुक्रबार, ३ जेष्ठ, २०८२
२ जेठ २०८२ काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई थुनामुक्त गर्न आदेश दिएको छ । बन्दी प्रत्यक्षीकरण रिटमा सुनुवाइ गर्दै न्यायाधीशहरू डा कुमार चुडाल र तिलप्रसाद श्रेष्ठको इजलासले मिश्रलाई थुनामुक्त गर्न आदेश जारी गरेको हो ।
राजावादीहरूले गत चैत १५ गते काठमाडौंको तीनकुनेमा गरेको हिंसात्मक प्रदर्शनकै दिन बेलुका मिश्र पक्राउ परेका थिए । उनी जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा छन् ।
सर्वोच्चको आदेशसँगै अब उनी हिरासतमुक्त हुनेछन् ।

