शुक्रबार, ६ मंसिर, २०८२

रवीन्द्र मिश्र, धवलशमशेरसहित ११ जनालाई पाँच दिन हिरासतमा राख्न अनुमति

राष्ट्रिय सन्‍देश संबाददाता, आईतवार, १६ चैत्र, २०८१

रवीन्द्र मिश्र, धवलशमशेरसहित ११ जनालाई पाँच दिन हिरासतमा राख्न अनुमति

१७ चैत २०८१, काठमाडौं । गत शुक्रबार काठमाडौंमा भएको राजावादीको हिंसात्मक प्रदर्शनपछि पक्राउ परेका राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रसहित ११ जनालाई थप पाँचदिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।

काठमाडौं जिल्ला अदालतले रविन्द्र मिश्र र धवलशमशेर राणासहित ११ जनालाई पाँचदिन हिरासतमा राख्न अनुमति दिएको हो । यस्तै अदालतले अन्य ३० जनालाई आपराधिक उपद्रवसम्बन्धी कसुरमा ५ दिन हिरासतमा राख्न अनुमति दिएको छ ।

शुक्रबार राजावादीले गरेको प्रदर्शन हिंसात्मक भएसँगै उनीहरु पक्राउ परेका थिए । 

advertisement_1676998982.gif