राष्ट्रिय सन्देश संबाददाता, मंगलवार, २४ भाद्र, २०८२
काठमाडौं । नेपाली सेनाले नेपाल र नेपालीको सुरक्षाको लागि स्थिति नियन्त्रण गर्न आज भदौ २४ गते रातीको १० बजेबाट दृढ रहने प्रतिबद्धता जानकारी गराएको छ ।
सेनाले बिग्यप्तीमार्फत हालको विषम परिस्थितिको अनुचित फाइदा उठाई केही समूहहरुले सर्वसाधारण नागरिक तथा सार्वजनिक सम्पत्ति समेतमा अत्यधिक क्षति पुऱ्याउने, लुटपाट एवम् आगजनी गर्ने कार्य भइरहेको हुँदा यस किसिमका गतिविधिहरु नगर्नरनगराउन आग्रह गरेको हो ।
सेनाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “यस किसिमका गतिविधि रोक्न सम्पूर्ण सुरक्षा निकायहरू आफ्नो प्रमुख जिम्मेवारी निर्वाह गर्दै स्थिति नियन्त्रणमा राख्नेछन्। सम्पूर्ण नागरिकलाई संयमता अपनाई सहयोग गर्न हार्दिक अपिल गर्दछौं।”
सुरक्षाको थप जानकारी परिस्थितिअनुसार पुनः सार्वजनिक गरिने पनि सेनाले जनाएको छ ।
