शुक्रबार, ६ मंसिर, २०८२

राष्ट्र बैंकका कार्यकारी निर्देशक भट्टले दिए राजीनामा

राष्ट्रिय सन्‍देश संबाददाता, शुक्रबार, ५ बैशाख, २०८२

राष्ट्र बैंकका कार्यकारी निर्देशक भट्टले दिए राजीनामा

५ बैशाख २०८२, काठमाडौं । नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट डा. गुणाकर भट्टले राजीनामा दिएका छन् । राष्ट्र बैंकको गभर्नर बन्ने चर्चाका बीच भट्टले शुक्रबार राजीनामा बुझाएका हुन् ।

हाल राष्ट्र बैंकको गभर्नर पद रिक्त छ । गभर्नर नियुक्तिको प्रक्रिया अन्तिम चरणमा पुगेसँगै भट्टले राजीनामा दिएको बुझिएको छ । सत्तारुढ दुई दलबीच गभर्नर कसलाई बनाउने भन्ने विषयमा सहमति भइसकेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई कांग्रेस सभापति शेरबहादुर देउवाले गभर्नरको लागि अर्थशास्त्री डा. भट्टको नाम प्रस्ताव गरेका थिए ।

अर्थमन्त्रीको संयोजकत्वमा रहेको सिफारिस समितिको बैठक शुक्रबार नै बसेर तीन जनाको नाम सिफारिस गर्ने तयारी भएको छ।

advertisement_1676553908.gif