शुक्रबार, ६ मंसिर, २०८२

पत्रकार दिलभूषण पाठक साइबर मुद्दामा अदालतमा उपस्थित

राष्ट्रिय सन्‍देश संबाददाता, बिहीबार, १९ असार, २०८२

पत्रकार दिलभूषण पाठक साइबर मुद्दामा अदालतमा उपस्थित

१९ असार २०८२, काठमाडौं । पत्रकार दिलभूषण पाठक काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका छन् । उनी बिहीबर बिहान ९ बजे अदालत पुगेका हुन् ।

पाठकको मुद्दाको पेसी न्यायाधीश खेमराज भट्टको इजलासमा ताेकिएको छ । बयान सकिएपछि थुनछेक बहस सुरु हुने छ। उनीविरुद्ध गत असार १६ गते विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐनअन्तर्गतको कसूरमा साइबर ब्यूरोले मुद्दा दर्ता गरेको थियो । उनीविरुद्ध प्रहरीले फरारी भनी साइबर अपराधमा मुद्दा दर्ता गराएको थियो ।

साइबर ब्युरो ५९ नाममा परेको जाहेरीका आधारमा जिल्ला सरकारी वकिलको कार्यालयले विद्युतीय कारोबार ऐन २०६३ को दफा ४७ को विद्युतीय स्वरूपमा गैरकानुनी कुरा प्रकाशन गरेको कसूरमा एक लाख जरिवाना वा पाँच वर्ष कैद वा दुवै सजायको मागदाबीसहित मुद्दा दायर गरेको हो ।

उच्च अदालतले ५ असारमा पक्राउ नगर्नु भनी आदेश गरेपछि प्रहरीले उनलाई पक्राउ गरेको थिएन । पक्राउ नगरी प्रहरीले उहाँ विरुद्ध मुद्दा दायर गरेको हो ।

advertisement_1676998982.gif