शुक्रबार, ६ मंसिर, २०८२

प्रधानन्यायाधीशले गरे सैनिक विशेष अदालतको निरीक्षण

राष्ट्रिय सन्‍देश संबाददाता, बिहीबार, १२ असार, २०८२

प्रधानन्यायाधीशले गरे सैनिक विशेष अदालतको निरीक्षण

१२ असार २०८२, काठमाडौं । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले सर्वोच्च अदालतबाट न्यायिक निकायहरुको नियमित निरीक्षणको सिलसिलामा आज सैनिक विशेष अदालतको निरीक्षण भ्रमण गरेका छन् ।

प्रधानन्यायाधीश राउत नेतृत्वको निरीक्षण भ्रमण टोलीलाई जंगी अड्डामा प्रधानसेनापति अशोकराज सिग्देलले स्वागत गरेका थिए । उक्त टोलीले निरीक्षण भ्रमणका क्रममा जंगी अड्डामा अवस्थित सैनिक विशेष अदालतबाट हुने गतिविधिका सम्बन्धमा जानकारी लिएको थियो ।

सो क्रममा प्रधानन्यायधीश राउतले सैनिक न्याय प्रणालीसँग सम्बन्धित अधिकारीहरुलाई विशेष निर्देशनसमेत दिएका थिए ।

भ्रमण कार्यक्रममा उच्च अदालत पाटनका मुख्य न्यायाधीश लालबहादुर कुँवर, सैनिक विशेष अदालतका अध्यक्ष लेखनाथ पौडेल, सर्वोच्च अदालतका रजिष्ट्रार विमल पौडेललगायतका पदाधिकारीहरु, रथीवृन्द तथा अधिकृतहरुको उपस्थिति रहेको थियो ।

advertisement_1676553908.gif